पर्याप्त पार्किङका साथ २४ सै घण्टा सेवा प्रदान गर्दै जमल विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा
पर्याप्त पार्किङका साथ २४ सै घण्टा सेवा प्रदान गर्दै जमल विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा
    • सन्जिब दुलाल 

    • ११ आश्विन २०८१, शुक्रबार

काठमाडौँ ।

शान्त वातावरणमा लाइभ मिउजिकका साथ स्वादिष्ट परिकार अनि पार्किङको सुविधा एकै ठाउँमा पाउन काठमाडौँमा मुस्किल नै छ ।

यस्ता समस्यालाई समाधान गर्दै यथेष्ट पार्किङका साथमा मनोरञ्जनका साथै विभिन्न खानाको स्वाद अनि लाइभ मिउजिकको नयाँ थलोका रूपमा जमलको विश्वज्वती महलमा राजा लन्ज एन्ड क्लब सञ्चालनमा आएको छ ।

खाना बस्न तथा मनोरञ्जनका साथै २४ सै घण्टा सेवाका साथै पर्याप्त पार्किङ यो क्लबको विशेषता भएको सञ्चालक शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लन्ज एन्ड क्लबले स्थानीय स्वदेशी एवं विदेशी पाहुनाहरूको लागि एक नयाँ जमघटको थलोको विकास गरेको उहाँले बताउनुभयो । विभिन्न स्वदेशी एवं विदेशी खानाका साथ लाइभ मिउजिकको मज्जा लिँदै आनन्द लिन चहानेहरुको लागि राजा लन्ज  एन्ड क्लब एक उपयुक्त स्थान भएको उहाँले बताउनुभयो । क्लबको वातावरण र सेवाले जो कोहीलाई पनि अद्वितीय अनुभव प्रदानमा आफू विश्वस्त भएको श्रेष्ठले बताउनुभयो ।

साँझ सात बजे देखि राती दुई बजे सम्म लाइभ मिउजिकको व्यवस्था सहित विभिन्न खानाहरूको मज्जा लिने उपयुक्त थलोका रूपमा यो क्लब सञ्चालनमा आएको अर्का सञ्चालक राजकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्वादका खाना सहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन यहाँ सकिन्छ जसले क्लबको माहोललाई अझै रमाइलो बनाएको छ ।

शाहका अनुसार क्लबमा जन्म दिन तथा विभिन्न ग्यादरिङका साथै पार्टी गर्न पर्याप्त स्थानका साथ सुविधा समेत रहेको छ ।

जन्म दिन मनाउन साथीभाइ गेट टुगेदर गर्न तथा अन्य भेटघाटका लागि आफ्नो सवारी साधनको पर्याप्त पार्किङ समेतको व्यवस्था रहेका कारण क्लब युवा तथा अन्य माझ निकै लोकप्रिय साबित भएको छ ।

साताकाे चर्चित
सम्बन्धित