उद्धारकार्यमा सरकारले गैरजिम्मेवारीपन देखायो : राष्ट्रिय स्वतन्त्र पार्टी
उद्धारकार्यमा सरकारले गैरजिम्मेवारीपन देखायो : राष्ट्रिय स्वतन्त्र पार्टी
    • बेल संचार

    • १३ आश्विन २०८१, आईतवार

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन तथा उद्धारकार्यमा राज्य संयन्त्रमा अहिले देखिएको गैरजिम्मेवारी आगामी दिनमा नदोहोरियोस् भनी सम्बन्धित निकायहरूलाई सचेत गराएको छ ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा देशभर व्याप्त विपद्‌को परिस्थितिमा नागरिकलाई आपत् पर्दा जिम्मेवार सरकार छ भन्ने अनुभूत हुने किसिमले उद्धारकार्यमा यथोचित सक्रियता देखाइएको नपाइएको उल्लेख गरिएको छ ।

‘सरकार आमजनताका जीवनप्रति संवेदनहीन रहेको तथ्य उजागर गरेको छ । दुई दिनको वर्षातले दुईतिहाईको सरकारको हैसियत देखाइ दिएको छ । यो सरकार असंवेदनशिल, अकर्मण्य, अक्षम, असफल सावित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विपत्तिको समयमा समेत सरकार प्रमुख अमेरिका घुम्दै बस्ने तर बाढी पहिरोको त्रासमा रहेका आम सर्वसाधारणको उद्धारमा यथोचित तदारुकताका प्रस्तुत नगर्ने राज्य संयन्त्र जनताका लागि समर्पित रहेको मान्न नसकिने विज्ञप्तीमा उल्लेख छ ।

‘निहत्था नागरिकबाट समाधानको आशा राख्ने स्रोतसाधन सम्पन्न राज्य संयन्त्र विलम्ब गरी घटनास्थलमा पुग्ने कुरा कदापि स्वीकार्य हुनसक्दैन। पीडित जनताको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनामा सरकारले अपेक्षित भूमिका निर्वाह गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित