काठमाडौँ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबानपछि सरकारले तत्काल गर्नुपर्ने कामहरूबारे चार बुँदे निर्देशन दिएको छ ।
गलबार बसेको समितिको बैठकले सम्भव भएसम्म सबै उपायहरू अवलम्बन गरेर राहत, पुनर्स्थापनाका काम तदारुकताका साथ अघि बढाउन, हवाई भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, सडकमा अलपत्र यात्रुको उद्धार गर्न र वर्षाका कारण नष्ट भएका सिँचाइ, कुलोहरू, पिउने पानी, विद्युत्, टेलिफोन र सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकीमा सुधार ल्याउन र घाइतेहरूको उपचार सहज बनाउन निर्देशन दिएको हो ।