जुम्लाको कनकासुन्दरी मन्दिरमा पहिलो पटक २ वटा ठुला लिङ्गा हालिने
जुम्लाको कनकासुन्दरी मन्दिरमा पहिलो पटक २ वटा ठुला लिङ्गा हालिने
    • बेल संचार

    • २० आश्विन २०८१, आईतवार

 

 जुम्ला ।

कनकासुन्दरी मन्दिरमा दशैको अवसरमा पहिलो पटक फुलपातीका दिन २ वटा ठुला लिङ्गा हालिने भएको छ ।

कनकासुन्दरी मन्दिर पर्यटन क्षेत्र विकास समिति लामाठाडा र वडा नम्बर ४ को निर्णय अनुसार यस वर्षमा २ वटा ठुला लिङ्गा र ४ वटा साना लिङ्गा हालिने निर्णय भएको सचिव ताराजङ्ग हमालले बताउनु भयो ।

हमालका अनुसार कनकासुन्दरी गाउँपालिका भित्र बसोवास गर्ने कुलाला थर भएका मानिसहरुले मात्र पहिले लिङ्गा ल्याउने र ल्याएको बापत काटेको ठुलो सरकारी रागो दिने चलन रहेको थियो । कुलाला थर कम भएकाले ठुल्ठुला लिङ्गा ल्याउन नसक्ने भएकाले साना साना ६ वटा लिङ्गा ल्याउने गर्थे । अब कनकासुन्दरी मन्दिरलाई टाढाबाट चिनाउनको लागि र मन्दिरको शोभा बढाउनको लागि २ वटा ठुला र ४ वटा साना लिङ्गा हालिने भएको छ ।


कुलाला थरमा जनशक्तिको अभावले गर्दा साना लिङ्गा हालिन्थे अब कुलाला थरलाई जनप्रतिनिधि , मन्दिर समिति , भक्तजन , स्थानीयवासी , शुरक्षा कर्मी लगायतको सहयोगले ठुला लिङ्गा हालिने भएको हमालले बताए ।

दशैको घटस्थापना देखि दशैसम्म स्वदेशी पर्यटन र भक्तजनहरु करिब ५ हजार आउने अनुमान गरिएको छ । कनकासुन्दरी मन्दिरका पुजारी सालिराम देवकोटाले भने , प्रत्येक वर्षमा कनकासुन्दरी मन्दिरमा २५ देखि माथि रागा र ५० भन्दा बढी खसी बोका काटिने गरेको छ । पञ्चवली १० देखि माथिका भक्तहरुले हाल्ने गर्दै आएको देवकोटाले बताए ।

असोज २३ गते खष्टी बुधबारका दिन पाडाताप्ना सामुदायिक वनबाट पुर्जी काटेर २ वटा ठुला लिङ्गा तान्ने भएका छन् २४ गते फुलपातीका दिन लिङ्गा हालिने भएको छ ।

लिङ्गा तान्ने र हाल्ने दिनमा स्थानीय सरकारले मन्दरीमा करिने कार्यलाई सफल बनाउनको लागि हामी पनि लागि पर्ने वडा ४ का वडा अध्यक्ष धनमानसिह हमालले बताए ।

अध्यक्ष हमालका अनुसार कनकासुन्दरी मन्दिरमा भक्तजनहरुको भिडभाड धेरै हुने भएकाले यहाँ सुरक्षा कर्मीको पहिलेका वर्ष भन्दा यस वर्षमा बडी खटाईने माघ समेतको पहल गरेको छु ।

साताकाे चर्चित
सम्बन्धित