प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग
    • बेल संचार

    • २१ आश्विन २०८१, सोमबार

काठमाडौं ।

ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्स र आईएमई लाइफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेका छन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सहयोग स्वरूप उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोषमा ग्लोबल आईएमई बैंकले ४ करोड ५० लाख, आईएमई लिमिटेडले २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सले १५ लाख र आईएमई लाइफले १५ लाख गरी कुल ५ करोड रुपैयाँ सहयोग गरेको ग्रुपले जनाएको छ ।

कोषमा ग्लोबल आईएमई बैंकले ४ करोड ५० लाख, आईएमई लिमिटेडले २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सले १५ लाख र आईएमई लाइफले १५ लाख गरी कुल ५ करोड रुपैयाँ सहयोग गरेको ग्रुपले जनाएको छ ।

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताए ।

चेक हस्तान्तरण कार्यक्रममा आईएमई लिमिटेडका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आईएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लाइफका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य पनि सहभागी थिए ।

साताकाे चर्चित
सम्बन्धित