जुम्ला ।
सिँजा गाउँपालिकाको नराकोट बजारमा स्वलो बाइक रेस प्रतियोगिता यहि असोज २४ र २५ गते हुने भएको छ ।
सिँजाका युवाहरुको आयोजनामा ट्राफिक चेतनाको लागि स्लो बाइक प्रतियोगिता गर्न लागेको आयोजक विशाल चौलागाईंले बताए ।
दर्ता असोज २१ गते देखी २३ गतेसम्म रहेको , दर्ता शुल्क रु १००० हजार रहेछ छ । त्यस्तै गरि खेल सञ्चालन भने , असोज २४ गतेबाट सुरु हुने चौलागाईंले भने , उक्त प्रतियोगिताबाट प्रथम हुनेलाई खसी प्रतियोगी सङ्ख्या अनुसार , द्वितियलाई रु ५००० र तृतीयलाई रु २००० को पुरस्कारको राशी रहेको छ ।
बाइक रेसमा सहभागीहरुले बाइक चलाउँदा खुट्टा झार्न पाइने छैन , यदि चोटपटक लागेमा आयोजक जिम्मेवारी हुने छैन , दुरी अधिक्तम ३० देखि ५० मिटर हुने , विवाद गरेमा प्रतियोगी स्वत प्रतियोगितामा सहभागी हुन नपाउने , बाइक टुट फुट भएमा सहभागी आफै जिम्मेवारी हुनेछ , आयोजकबाट बाइक मागेमा रु १०० चार्ज लाग्ने छ , ट्राफिक नियम अनिवार्य पालना गर्नु पर्ने छ , बाइक चलाउँदा बाइक चालक काहेक अन्य व्यक्ति सवार हुन नपाउने र आयोजक र भिडियो ग्राफरको निर्णय अन्तिम हुनेछ । सूचना पत्रमा नियम खल्लेख गरिएको छ ।
जुम्लाको सिँजा नराकोट बजारमा पहिलो पटक स्लो बाइक रेस प्रतियोगिता हुने भए पछि स्थानीय हर्ष उल्लास देखिएका छन् । यो प्रतियोगिता दशैको अवसरमा रहेको छ । राशी मात्र नभएर दुर्घटना न्यूनीकरण गर्ने खालको जनचेतनामूलक आयोजना हो ।