सिँजा क्षेत्रको लागि नराकोटबाट दशैतिहारको सहुलियत चामल वितरण हुने
सिँजा क्षेत्रको लागि नराकोटबाट दशैतिहारको सहुलियत चामल वितरण हुने
    • उमेश बुढा

    • २२ आश्विन २०८१, मंगलवार

जुम्ला ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैतिहारमा सिँजाको नराकोट बजारबाट सहुलियत रुपमा चामल वितरण गर्ने भएको छ ।

यहि असोज २४ गते विहान १० बजेदेखि बेलुका ५ बजेस्म हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकहरुलाई सहुलियत चामल वितरण गर्न लागेको हो ।

सोना मनसुरी २५ केजीको रु १७ सयले बाँडिने र चामल लिन आउँदा आफ्नो नेपाली नागरिकता अनिवार्य साथमा ल्याएर आउनु पर्ने नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

भिटामिन र मिनिरल सहितको गुणस्तरीय चामल सिँजा क्षेत्रका तीन वटा पालिकाको लागि सिँजा गाउँपालिकाको नराकोट बजारबाट वितरण हुने भएको अध्यक्ष पूर्ण प्रसाद धितालले भने , यो सहुलियत चामल वितरणमा सिँजा गाउँपालिकाको समन्वय रहेको धितालले बताए ।

साताकाे चर्चित
सम्बन्धित