काठमाडौं
आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि ठुलो वर्षाको सम्भावना भने छैन्। यद्यपि कोशी तथा मधेश प्रदेश र बागमतीमा सिमसिम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आगामी दुई दिनपनि पूर्वी पहाडी जिल्लाका केही भेगमा वर्षाको सम्भावना रहेको छ। त्यसैले देशका केही स्थानमा भने दसैंको टिकाका दिन पनि पानी पर्ने सम्भावना देखिएको छ।
देशका बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ। कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशसहित बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने विभागको भनाइ छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
त्यस्तै शुक्रबार कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै शनिबार कोसी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफारहने छ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।