इन्डियन एयरलायन्सको अन्य दुई फ्लाइट्समा बुधबार बम रहेको धम्की मिल्यो, त्यसपछि इन्डिगोले मुम्बई-दिल्ली (६इ६५१) फ्लाइट टेकअफ पछि दिल्ली फिर्ता बोलाउनु परेको थियो।
त्यस्तै आकासा एयरलायन्सको दिल्ली- बैंगलोर फ्लाइट (क्यूपी १३३५) लाई अहमदाबाद डाइभर्ट गर्नु परेको थियो। यो हिसाबले पछिल्लो २ दिनमा ९ विमानलाई बम रहेको धम्की दिइयो।
१५ अक्टोबरमा ७ फ्लाइट्समा बम रहेको धम्की मिल्यो। यी फ्लाइट्समा एयर इन्डियन एक्सप्रेसको दिल्लीदेखि शिकागो जाने विमान पनि रहेको थियो।
उक्त विमानलाई क्यानडा डाइभर्ट गरिएको थियो। उक्त विमानलाई इकालुइट एयरपोर्टमा ल्यान्ड गरिएको थियो। जाँचमा यी फ्लाइटहरुमा दिएको बमको धम्की झुटो निस्किएको थियो।
आज धम्की दिएको एयरलायन्सलाई पनि सुरक्षित अवतरण गरेर जाँच गरिरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्। लगातार बमको धम्कीसँगै एयरलायन्सको सुरक्षामा ब्यापक वृद्वि गरिएको छ।
इन्डिगोका अनुसार सेक्यरिट अलर्टका कारण फ्लाइटलाई अहमदाबाद पठाइएको र सबै यात्रीलाई सुरक्षित उतारिएको बताइएको छ। आकासा एयरको दिल्ली-बैंगलोरका लागि उडेको थियो। टेक अफको केही समय बाँकी रहँदा बमको धम्की आएको थियो। फ्लाइटमा १ सय ७७ यात्री र ७ केबिन क्रु सवार रहेका थिए।
धम्कीपछि फ्लाइटलाई दिउँसो २ बजे पुन दिल्ली फिर्ता बोलाइएको थियो। यसअघि ७ फ्लाइटमा मंगलबार बम रहेको धम्की दिइएको थियो। त्यसपछि धेरै एयरपोर्टहरुमा सेक्युरिटी एजेन्सीहरुले काउन्टर टेररिस्ट ड्रिल गरेका थिए। जाँचबाट यो पत्ता लाग्यो कि अधिकांश विमानलाई धम्की एकै प्रकारको रहेको र सामाजिक सञ्जाल एक्समार्फत पठाइएको बताइएको थियो। यसअघि ९ अक्टोबरमा लन्डनबाट दिल्ली आउने विस्तारा एयरलायन्सको फ्लाइटलाइ पनि धम्की दिइएको थियो।