दुुई महिनामा भित्रियो पौनै तीन अर्ब वैदेशिक लगानी
दुुई महिनामा भित्रियो पौनै तीन अर्ब वैदेशिक लगानी
    • बेल संचार

    • १ कार्तिक २०८१, बिहीबार

काठमाडाैं ।

चालु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउन र भदौमा मुलुकमा दुुई अर्ब ७१ करोड रुपियाँ भित्रिएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको तुुलनामा २९ करोड रुपियाँ कम वैदेशिक लगानी भित्रिएको हो ।

यस्तै दुुई महिनामा खुुद पुुँजीगत ट्रान्सफर एक अर्ब २० करोड रुपियाँ कायम  भएको छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुुँजीगत ट्रान्सफर ८५ करोड आठ लाख रुपियाँ कायम भएको थियो । उद्योग विभागका अनुसार भदौमा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । नेपालमा लगानी गर्ने भनेर आठ अर्ब ९७ करोड रुपियाँ लगानी प्रतिबद्धता आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्याङ्कले देखाएको खबर गोरखापत्रमा छापिएको छ ।

साताकाे चर्चित
सम्बन्धित