निन्द्रा देउजा ‘राजवंशी’ को कवितासंग्रह “अदृश्य हावा”विमोचन तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोह सम्पन्न
निन्द्रा देउजा ‘राजवंशी’ को कवितासंग्रह “अदृश्य हावा”विमोचन तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोह सम्पन्न
    • बेल संचार

    • ३ कार्तिक २०८१, शनिबार

 काठमाडौं ।

“सृजनाको खोजि,प्रतिभाको सम्मान,सुचकको राष्ट्रिय अभियान” भन्ने मुन नाराको साथ, कथा,कविता,आत्म वृतान्त लगायतका बिधाहरुलाई किताबको रुपमा बिकास गरेर पाठकसामु पुर्याउन महत्वपुर्ण भुमिका खेलिरहेको सुचक प्रकाशन तथा बौद्ध धर्म सम्बन्धि प्रचारप्रसारमा अग्रपंतिमा रहेर कार्य गरिरहेको सम्यक सन्देशको आयोजनामा भएको निन्द्रा देउजा ‘राजवंशी’ को कवितासंग्रह “अदृश्य हावा”विमोचन तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण समारोह भव्यताको साथ सम्पन्न भएको छ । सम्यक सन्देशका संरक्षक तथा समाजसेवी केदारनाथ श्रेष्ठको सभापतित्व र संघाराम विहारका प्रमुख भिक्षु उपतिस्स महास्थविरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सन्चालन कवि,साहित्यकार तथा माईन्ड प्लसका प्रवन्ध निर्देशक नविन पल्लवले गर्नु भएको थियो ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका पुर्व रजिष्टार प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना रहनु भएको थियो भने अतिथि हरुमा प्रा.डा.बज्रराज शाक्य, प्रा.डा.रन्जना धाख्वा बज्राचार्य,सम्यक सन्देशका सल्लाहकार एवं बौद्ध अध्येता श्यामलाल चित्रकार, लोमश साहित्य प्रतिष्ठानका अध्यक्ष कवि, साहित्यकार, पत्रकार एवं समालोचक माधव घिमिरे अटल,समाजसेवी चन्द्रदास राजवंशी ( लेखिकाका श्रीमान),सम्यक सन्देशका सल्लाहकार एवं सुगत बौद्ध महाविद्यालयका पूर्व प्राचार्य तिर्थरत्न शाक्य , लीलादेवी साहित्य पुरस्कारका सस्थापक एवं साहित्यकार लीलादेवी श्रेष्ठ लगायत बिभिन्न क्षेत्रका प्रतिनिधि तथा संचारकर्मीहरु रहनु भएको थियो । प्रमुख अतिथि भिक्षु उपतिस्स महास्थविरबाट पंचशिल बाचन गरेर शुरु गरिएको कार्यक्रममा स्वागत मनतव्य तथा कार्यक्रमबारे जानकारी कार्यक्रम संयोजक एवं सम्यक सन्देशका अध्यक्ष दिपक भेटुवाल (दिपसागर)ले दिनु भएको थियो ।

कार्यक्रममा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०८१ बाट लामो समय सम्यक सन्देश प्रकाशनमा महत्वपुर्ण भुमिका निभाउनु भएका प्रा.डा.बज्रराज शाक्य र प्रा.डा.रन्जना धाख्वा बज्राचार्यलाई सम्मानित गरिएको थियो । बौद्ध धर्म र बुद्धका ज्ञान प्रचार प्रसार सम्बन्धि कार्यहरुमा महत्वपुर्ण भुमिका निभाएकोले त्रियान मिडियाका प्रतिनिधि राजु नापित लाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा स्वागत मनतव्य राख्दै सम्यक सन्देशका अध्यक्ष एवं कार्यक्रम संयोजक दिपक भेटुवाल (दिपसागर)ले सुचक प्रकाशनको १५ बर्षे यात्रामा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार तेस्रो संस्करणको रुपमा कार्यक्रम आयोजना भएकोले यो निकै महत्वपुर्ण रहेको बताउनु भयो । आफ्नो जिवनकालमा भिक्षु अश्वघोषले बौद्ध धर्म र बुद्धका बाणिहरुलाई विश्व सामु चिनाउन गरेका महत्वपुर्ण कार्यहरुको चर्चा गर्दै संयोजक भेटुवालले उहाँकै सम्झनामा यो पुरस्कार स्थापना गरिएको बताउनु भयो । यहि अवसर पारेर उमेरले ८१ बर्ष भए पनि कविता लेखेर समाजलाई पस्कन सफल निन्द्रा देउजा राजवंशी को कवितासंग्रह “अदृश्य हावा”विमोचन गरिएको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै सम्यक सन्देशका सल्लाहकार एवं बौद्ध अध्येता श्यामलाल चित्रकारले मान्छे बौद्धिक हुँदैमा असल हुन्छ भन्ने हुँदैन त्यसैले असल मान्छे बन्ने प्रयास गर भन्ने भिक्षु अश्वघोषको सन्देशलाई विश्वसामु पुर्याउनु आजको आवश्यकता रहेको भन्दै उमेरले काम गर्न छेक्दैन भन्ने उदहारण पेश गर्नु भएकी निन्द्रा देउजा राजवंशीको कविता संग्रहको समेत चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा बिशेष अतिथ र अतिथिहरुको हातबाट विमोचन गरिएको निन्द्रा देउजा राजवंशी को कवितासंग्रह “अदृश्य हावा” माथि समिक्षा गर्दै लोमश साहित्य प्रतिष्ठानका अध्यक्ष कवि, साहित्यकार, पत्रकार एवं समालोचक माधव घिमिरे अटलले कविता संग्रहले समग्र देशको वर्तमान राजनैतिक अवस्था देखि माया प्रेम हुँदै राष्ट्रभावसम्मलाई छोएको भन्दै मन्त्र मुग्ध भएर चर्चा गर्नु भएको थियो ।

कार्यक्रमबाट सम्मानित भएपछि मनतव्य राख्दै प्रा.डा. बज्रराज शाक्यले नेपालमा तिन किसिमबाट बुद्ध धर्म लाई अनुसरण गर्ने समुदाय रहेको भन्दै यसलाई एउटै साङ्लोमा जोड्न आफ्नो जिवनकालभरी लाग्नु भएका भिक्षु अश्वघोष लाई सम्झदै नेपालमा बौद्ध धर्म निकै पछाडी परेको बेलामा उहाँले परर्याउनु भएको योगदान र आफुले गरेका कार्यहरुको बारेमा चर्चा गर्नु भएको थियो । यस्तो अवस्थाबाट हाल सम्म आई पुग्दा बुद्धका बाणिहरु संसारभर प्रख्यात बन्दै गईरहेको परिवेशमा उहाँ भिक्षु अश्वघोषको स्मृतिमा स्थापित पुरस्कार बाट पुरस्कृत हुन पाउँदा आफुलाई गर्व महसुस भएको बताउनु भयो ।

कार्यक्रममा कविता संग्रह प्रकाशन गरेर आयोजकले यो स्थान सम्म ल्याउन सहयोग गरेको भन्दै कवियत्री निन्द्रा देउजा ‘राजवंशी’ले आयोजक र कार्यक्रममा उपस्थित सबैलाई आभार व्यक्त गर्नु भएको थियो । कविता संग्रह बारे बोल्दै त्रिभुवन विश्व विद्यालयका पुर्व रजिष्टार प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले धेरै समय अगाडी देखि निन्द्रा देउजा ‘राजवंशी’लाई चिनेको भए पनि उहाँ कवियत्री भएको कुरा आजमात्र थाहा भएको भन्दै खुसी व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि संघाराम विहारका प्रमुख भिक्षु उपतिस्स महास्थविरको मनतव्य संगै कार्यक्रम समापन गएिको थियो भने कार्यत्रममा बिशेष सहयोग पुर्याएकोमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्यक सन्देशका अध्यक्ष एवं कार्यक्रम संयोजक दिपक भेटुवाल (दिपसागर)ले लेखेको किताब मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित