रवि लामिछाने पक्राउबारे यस्तो भन्यो एमालेले
रवि लामिछाने पक्राउबारे यस्तो भन्यो एमालेले
    • बेल संचार

    • ५ कार्तिक २०८१, सोमबार

काठमाडौं 

नेकपा एमालेले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहँदा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका बताएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको ३९औं बैठकले गरेको निर्णयबारे जानकारी दिने क्रममा आइतबार साँझ महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

रवि लामिछाने पक्राउबारे राखिएको जिज्ञासामा उनले प्रतिवेदनले इङ्गित गरेका व्यक्तिहरू छानबिनको दायरामा आउनुपर्ने बताए ।

‘अनुसन्धानको आफ्नो प्रक्रिया हुन्छ । संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले कारबाही अगाडि बढाउन भनेको थियो । सोही अनुरूप सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाएका छन्,’ उनले भने, ‘प्रतिवेदनले इङ्गित गरेका व्यक्तिहरू छानबिनको प्रक्रियामा आउनु पर्दछ ।’

कुनै अमुक व्यक्तिलाई कारबाही गर्नुपर्छ वा गर्नुहुँदैन भन्ने पक्षमा एमाले नरहेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित