प्रचण्ड नेपाली राजनितिकका ड्राइवर हुन, इन्चार्ज भण्डारी
प्रचण्ड नेपाली राजनितिकका ड्राइवर हुन, इन्चार्ज भण्डारी
    • उमेश बुढा

    • ६ कार्तिक २०८१, मंगलवार

जुम्ला ।

पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनितिकका ड्राइवर हुन, एक औपचारी कार्यक्रमको आमसभामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताएका छन् ।

जुम्लाको कनकासुन्दरी ६ गोरुचौरमा आमसभामा सम्बोधन गर्न आएका प्रचण्डलाई नेपाली राजनीतिकका ड्राइवर, मियो, क्यापटनको रुपमा दाहाललाई मान्न सकिने । भण्डारीले भने, नेपाली राजनितीलाई, नेपाली समाजलाई, नेपालको विकास र सम्वृधिलाई सुशासनको नेतृत्व गर्ने नेपालका एक मात्र अग्रज हुन प्रचण्ड भण्डारीले बताए ।

आमसभामा आफ्नो मनतव्य राख्दै भण्डारीले भने राजतन्त्रलाई अन्त्य गरेर नेपालका माफियाहरुलाई एका एक गरि जेलमा हाल्दा प्रचण्डको सरकार ढलाउनेहरुले देशको विकास गर्न सक्दैन र अझै भष्टचारले देश चुर्लुप डुवाउने छन् । फेरि यो देशमा प्रचण्डले देश चलाउन आवश्यक देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित