काठमाडौँ ।
नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ ।
जिल्ला कमिटीका पदाधिकारीहरूले बुधबार बालुवाटारमा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमा ललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत् र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेका हुन् । जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको र २१२ भन्दा बढी परिवार विस्थापित हुन पुगेको जानकारी गराएका थिए ।