प्रधानमन्त्री : विश्वमा भएका हिंसा र तनावबाट चिन्तित छौँ
प्रधानमन्त्री : विश्वमा भएका हिंसा र तनावबाट चिन्तित छौँ
    • बेल संचार

    • ७ कार्तिक २०८१, बुधबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अडिँदै पारस्पारिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् ।

बुधबार सरकारको १०० दिने कामहरू सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अडिँदै पारस्पारिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका हुन् ।

‘विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट चिन्तित छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।

उनले वार्ताको माध्यमबाट सबै तनावको समाधान चाहेको र सबै शान्तिपूर्ण समाधानमा लाग्न आग्रह समेत गरे ।

उनले सरकार बनेदेखि नै विरोध सुरु भएको भन्दै यसको कारण साम्प्रदायिक विद्वेष खडा गर्ने, उद्योग बन्द गर्ने, वाणिज्य क्षेत्र तहसनहस पार्ने रहेको पनि बताए ।

यसकै आधारमा मुलुकलाई प्रतिगमनतर्फ लैजाने काम भएको भन्दै मुलुकलाई त्यसतर्फ लैजान नदिने प्रधानमन्त्रीको दाबी छ ।

साताकाे चर्चित
सम्बन्धित