काठमाडौँ ।
गत असोज १२ गतेको अविरल वर्षासँगैको बाढीका कारण मुहानसहित पाइप लाइन बगाएर बन्द भएको ललितपुरको नख्खु खोलाको पानी आज सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले नख्खु खोलामा बाढीले बगाएका पाइपलाइन मर्मतसहित बगाएका पाइप नयाँ जडान गरी पानी ल्याउनका लागि निर्देशन दिएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक लगायतको टोलीले आज बिहान ४ बजे पानी ल्याउन सफल भएको केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।
मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ५२५ खानेपानी आयोजनामा क्षति पुर्याएको खानेपानी मन्त्रालयले जनाएको छ । बाढीले क्षति गरेका खानेपानीका ती आयोजनाको मर्मत कार्यलाई प्राथमिकता दिँदै पुनस्र्थापना पक्रिया सुरु गरिसकेको जनाइएको छ ।