सुन्दर परिकल्पना सक्षम समाजको केन्द्रिय कार्यालय बिधिवतरुपमा उदघाटन
सुन्दर परिकल्पना सक्षम समाजको केन्द्रिय कार्यालय बिधिवतरुपमा उदघाटन
    • बेल संचार

    • १० कार्तिक २०८१, शनिबार

काठमाडौं ।

समाजका बिभिन्न बिकृती, बिसंगती,अन्याय,अत्याचार,महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने उदेश्यकासाथ स्थापना गरिएको सुन्दर परिकल्पना सक्षम समाजको केन्द्रिय कार्यालय बिधिवतरुपमा उदघाटन भएको छ । काठमाडौंको अनामनगर घट्टेकुलोमा आज एक कार्यक्रमबिच कार्यालयको उदघाटन गरिएको हो ।

समाजसेवी तथा पुर्व प्राध्यापक टेक बहादुर थापा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यालय उदघाटन कार्यक्रममा अधिवक्ता बिष्णु गिरी (निश्चल),संस्थाका सल्लाहकार भैरव बहादुर शाही,कानुनी सल्लाहकार पुर्ण बहादुर के.सी.,कानुनी सल्लाहकार लिलादेवी धमला,सल्लाहकार सिद्धि बहादुर तामाङ,पत्रकार तेज नारायण चौधरी,पत्रकार पिडि शेर्पा,पत्रकार सुमनश्री पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सुन्दर परिकल्पना सक्षम समाजको केन्द्रिय अध्यक्ष मनु बाँठा मगरको शभापतित्वमा भएको कार्यक्रम संस्थाकी सदस्य शुभद्रा भुर्तेल खनाले सन्चालन गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुलाई संस्थाका कार्यसमिति सदस्य हरुबाट स्वागत गीतबाट स्वागत गरिएको थियिो । कार्यक्रममा संस्थाको उदेश्य र कार्ययोजनाको बारेमा बोल्दै संस्थाका कार्यकारी निर्देशक राजेन्द्र बिष्टले नेपालमा दर्ता भएर रहेका हजारौं गैर सरकारी संस्था मध्य यो संस्थालाई कसरी एक नम्बरको बनाउने भन्ने बिषयमा सम्बन्धित क्षेत्रका बिज्ञहरुसंग छलफल गरेर योजना बनाईने भएपनि सामाजमा ब्याप्त समस्याको पहिचान र त्यसको दिर्घकालिन रुपमा हुने समाधान सहितको कार्ययोजना निर्माण गर्दै व्यवहारिक कार्यन्वयनको लागि संस्था अहोरात्र लागि रहने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले मनतव्य राख्ने क्रममा संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुका साथै सदैव आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो । कार्यक्रम समापनको क्रममा बोल्दै संस्थाकी अध्यक्ष मनु बाँठामगरले आजभन्दा अगाडी गरिएका धेरै कार्यहलाई प्रचार गर्न नखोजेको कारण पछाडी परेको भन्दै अब कार्यन्वयन जाने प्रकृयामा मिडियाहरु सगपनि सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित