नेपाली जनतालाई अधिकार पुरा गछौं : प्रचण्ड
नेपाली जनतालाई अधिकार पुरा गछौं : प्रचण्ड
    • बेल संचार

    • १० कार्तिक २०८१, शनिबार

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताएका छन् ।

माओवादी केन्द्रको बागमती प्रदेश समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गरे ।​उनले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गरे ।

आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उनले पहिलो पार्टी भएर देखाउने दाबी गरे ।

विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबीच पनि चाँडै एकता हुने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित