रोटरी क्लब अफ कपनको स्थापना दिवस एवं डिजी भिजिट कार्यक्रम सम्पन्न
रोटरी क्लब अफ कपनको स्थापना दिवस एवं डिजी भिजिट कार्यक्रम सम्पन्न
    • बेल संचार

    • १० कार्तिक २०८१, शनिबार

काठमाडौं

रोटरी क्लब अफ कपन आर.आइ. डिस्ट्रीक्ट ३२९२ नेपाल -भुटान (RI District 3292 Nepal -Bhutan ) को आफ्नो स्थापना दिवस तथा डिस्ट्रीक्ट गभर्नर भिजिट कार्यक्रम क्लबका अध्यक्ष नियुक्ति शेर्पाको अध्यक्षतामा तथा

रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा ड्रीस्टीक्टका पूर्व गभर्नर संजय गिरी, नोमिनी डिस्ट्रीक्ट गभर्नर बिष्णु बहादुर कार्की, सचिब अशोकमान कपाली, आर.आइ.

प्रोग्राम कमिटी चियर दुर्गा सुवेदी , क्लबका ए.जी रुपेश श्रेस्ठ, एजी एवं भादगाउँ क्लबका पूर्व अध्यक्ष सि.पी आचार्य, चार्टर्ड प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, क्लबका मानार्थ सदस्य राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला ( प्रदिप कुमार

राई ) र अर्का मानार्थ सदस्य साहित्यकार हेम प्रभाष बालबालिका अधिकार एवं महिला उत्थान कार्यक्रमकी चियर रमिला शाक्य लगायत रोटरी क्लब अफ कपनका सदस्यहरुको उपस्थिति रहेको थियो । क्लबमा ७ जना नयाँ

सदस्यहरुलाई पदस्थापना गराइयो । सो अवसरमा प्रमुख अतिथि डी.जी. राजेन्द्रमान शेरचनद्वारा क्लबका गतीबीधीहरुलाई अझ सशक्त बनाएर अगाडि बढाउनुका साथै सदस्यता वृद्धि गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा पूर्व अध्यक्ष डा .राजु लामा ( कोन्दन ) ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने डी.जीको परिचय क्लबका उपाध्यक्ष प्रल्हाद दाहालले गरेका थिए भने कार्यक्रम संचालन क्लबका सचिब धुर्ब तिवारीले गर्नु भएको थियो । डिस्ट्रीक्ट गभर्नरको उपस्थितिमा क्लोज बैठक बसी क्लबको रिपोर्ट अध्ययन गरि गभर्नर र सचिबले क्लब अध्यक्ष,सचिब, इलेक्ट प्रेसिडेन्टलाई आवश्यक निर्देशन दिइएको थियो । सोही दिन क्लबको नवौं स्थापना दिबस

मनाइनुका साथै क्लबका पूर्ब अध्यक्ष मनोज घिमिरेको पनि सोहि दिन जन्म दिन परेकोले केक काटी जन्म दिन मनाइएको थियो । कार्यक्रममा मायाको चिनो स्वरुप बिरुवा प्रदान गरिएको थियो भने क्लबका पूर्व अध्यक्ष मनोज कुमार

घिमिरेले कार्यक्रममा सहभागी सबैमा धन्यबाद ब्यक्त गर्दै सबै मिलि कार्यक्रमहरु गर्दै जाने कुरा बताए । कार्यक्रमको अन्त्यमा रात्रीभोजको आयोजना गरिएको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित