जुम्लाका आठवटै पालिकामा एम्बुलेन्स निशुल्क गरिने : माननिय शाही
जुम्लाका आठवटै पालिकामा एम्बुलेन्स निशुल्क गरिने : माननिय शाही
    • उमेश बुढा

    • ११ कार्तिक २०८१, आईतवार

जुम्ला ।

आठ वटै पालिकामा विरामी बोक्ने एम्बुलेन्स निशुल्क गरिने माननिय ज्ञानेन्द्र शाहीले बताउनु भएको छ ।

जुम्लामा एम्बुलेन्सले नागरिकसँग पैसा लिने गरेको देख्दा अब पैसाले विरामीलाई हस्पिटल लिने होइन निशुल्कमा लिनु पर्छ । सबै पालिकाले अब देखि एम्बुलेन्समा विरामीबाट रुपैयाँ नमाग्ने र एम्बुलेन्स नभएको पालिकालाई एम्बुलेन्स किन लगाउछौं, शाहीले बताए ।

राष्टिय प्रजातन्त्र पार्टीको कर्णाली यात्राको क्रममा गरिएको किसानका गुनासा सुन्ने र हाम्रो कुरा सुनाउँने एक औपचारी कार्यक्रममा शाहीले अब जुम्लाका नागरिकहरुले निशुल्क सेवा पाउनु पर्छ । भने , देशको अन्य ठाउँमा निशुल्क एम्बुलेन्स हुने जुम्लामा किन गर्न नसकिएको हो ।

साताकाे चर्चित
सम्बन्धित