प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने
प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने
    • बेल संचार

    • १२ कार्तिक २०८१, सोमबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् ।

समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल राखिएको छ ।
यसअघि विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसद र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित