जुम्ला ।
क्यान्सरले घरमै थला परेका सिँजा ५ गोराका ४४ वर्षका बिर्ष रावलको दर्दनाक अवस्था रहेको छ ।
उनको उपचारको लागि मेडिकल कलेज कोलपुरमा ३ पटक उपचार गरेको आफन्तले बताएका छन् ।
त्यस पछि शुशिल कोइराला क्यान्सर अस्पतालमा पनि उपचार गरेर पनि सन्चो भएको छैन ।
अहिले सम्म उनको पटक पटक उपचार गरेर झण्डै ४ लाख रुपैयाँ खर्च भएको छ । त्यो रुपैयाँ पनि इष्टमित्र , आफन्त र गाउँघरका दाजु भाईहरुसँग जोखो गरेर उपचार गराएका थिए ।
रावललाई उपचारको लागि अनुमानित लागत ८ देखि १० लाख लाग्ने देखिए पछि अहिले गोरा गाउँ वासीहरुले विर्ष रावल बचाऊ अभियान सञ्चालन गरेका छन् ।
सहयोगी मनहरुले नबिल बैंकमा रहेको खाता २१०१००१७५०४०८५ मा सहयोग गरिदिनको लागि अभियानता आयोजक समस्त गोरा गाउँ वासीले सबै सहयोगी मन भएकालाई अपिल गरेका छन् ।
रावल अहिले पैसाको अभावले घरमै छटपटाइ रहेका छन् । अनको अवस्था गम्भीर रहेको र दर्दनाक रहेको छ ।