कांग्रेसका नेता कोइराला : नेपाल सबै धर्म, कला र संस्कृतिको संगमस्थल हो
कांग्रेसका नेता कोइराला : नेपाल सबै धर्म, कला र संस्कृतिको संगमस्थल हो
    • बेल संचार

    • २५ कार्तिक २०८१, आईतवार

काठमाडाैं ।

नेपाली कांग्रेसका नेता  डा शेखर कोइरालाले नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल रहेको बताएका छन्।

आइतबार महागुरू फाल्गुनन्दको १४०औं जन्मजयन्तीको अवसरमा ईलामको सन्दकपुर-४ मा शालिक अनावरण तथा किराँत फाआप मिङ्सो माङ्हिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले  शताब्दीयौंदेखि नेपालीहरूले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति परम्पराको पालना गर्दै आइरहेको उल्लेख गरे। सामूहिक भावनाबाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले ‘नेपाली राष्ट्रियता’ निर्माण भएको नेता कोइरालालले बताए।

विश्वमा अनेकन् धर्म, संस्कृति र सभ्यताहरू विभिन्न कालखण्डमा उदाउँदै र अस्ताउँदै गरेपनि नेपालको हिमाल-पहाडकाबीच रहेको किराँत धर्म र संस्कृतिले हजारौं वर्षदेखि नेपालभित्र मात्र नभएर देश बाहिर पनि आफ्नो पृथक पहिचान राख्न सकेको नेता कोइरालाको भनाइ छ।

‘सत्य, दया, न्याय र अहिंसाका पुजक महागुरूको नवअवतार यस पवित्र भूमिमा भएकोमा हामी सबै आफूलाई भाग्यमानी ठान्दछौं’, उनले भने, ‘धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानवजातीका लागि आकर्षणको केन्द्र रहँदै आएको छ। यसक्रममा महागुरूको अवतरणले यो रमणीयभूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रूपमा पहिचान बनाउन सफल भएको छ। ‘

किराँत धर्मावलम्बीहरूले आफ्नो लोक जीवनको उल्लास, खुशीयाली र सम्पन्नताका लागि देश-विदेशमा पनि प्रसिद्धी कमाएका नेता कोइरालले चर्चा गरे।

‘उदार, स्वतन्त्र चिन्तन गर्ने र पारस्पारिक सम्मानमा आधारित पारिवारिक एवं सामाजिक सम्बन्धको कारणले सरल र सुरुचीपूर्ण छन्। स्वभावले साहस र सरलताको मिश्रण भएको किराँत समुदायले अन्तराष्ट्रिय समुदायबीच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाईमा पुर्‍याएको कुरा इतिहासमा स्वर्णिम अक्षरले लेखिएका छन्’, नेता कोइरालले भने।

साताकाे चर्चित
सम्बन्धित