सिँजामा निशुल्क कानको स्वास्थ्य शिविर सम्पन्न, २५९ जनाले सेवा लिए
सिँजामा निशुल्क कानको स्वास्थ्य शिविर सम्पन्न, २५९ जनाले सेवा लिए
    • उमेश बुढा

    • २८ कार्तिक २०८१, बुधबार

जुम्ला ।

नराकोट स्वास्थ्य चौकीमा १ दिने कान सम्बन्धि शिविर सञ्चालनमा २ सय ५९ जनाले सेवा लिएका छन् ।

वि एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग, गुड न्युज फर नेपालको सहकार्य तथा सिंजा गाउँपालिकाको आयोजनामा संचालन भएको निःशुल्क कानको स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

शिविरमा जम्मा बिरामी २ सय ५९ जना मध्ये पुरुष १ सय ३६ जना ,महिला १ सय २३ जना ,रहेको सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनु भयो ।

कानको शल्यक्रियाको लागी छनोट भएका बिरामी जम्मा ४८ जना, महिला २१ जना, पुरुष २७ जना, कानमा मेशिन प्रयोग गर्नु पर्ने ११ जना, कानको जालीमा सुन्न सक्ने क्षमता चेक जाच (PTA) ८१ जना, फोहोर काने गुजी तथा अन्य सफा गरेको जम्मा : १५० जना र औषधि वितरण २५९ जना कानका विरामीले सेवा पाएको रोकायाले बताए ।

सिँजा ३ नराकोटका कानका बिरामी नुन्नु उपाध्यायका अनुसार एक हप्ता अगाडि कानमा झिङ्गा पसेको थियो । मलै धेरै स्वास्थ्य चौकी र मेडिकलमा निकालि माग्न गए तर कुनै पनि स्वास्थ्य कर्मीले निकाल्न सक्नु भएन । बल्ला नराकोट स्वास्थ्य चौकीमा कानको निशुल्क शिविर बसे पछि म पनि शिविरमा आएर आज मेरो कानबाट शिविरमा आएका डाक्टरले झिङ्गा निकालि दिए पछि म यो शिविर देखि धेरै खुसी भएको छु ।

त्यस्तै गरि अर्का कानका विरामी सिँजा ६ काँडागाउँका परिमल नेपाली भन्नु हुन्छ, मेरो पनि कान दुख्ने समस्या थियो । आज शिविरमा कान भित्र के भएको छ । के पसेको छ । किन कान दुखेको हो । भनेर शिविरमा चेकजाँच गर्दा कान भित्र फोहोर भएको कारणले कान दुखाइ हो । दक्ष डाक्टरबाट सरसफाई गराई पाउँदा खुसी भएको छु ।  सरसफाइ गरे पछि कान दुख्न पनि छोडेको छ । कान पनि आज राम्रोसँग सुन्न सक्ने भएको छु, नेपालीले बताए ।

कर्णालीको जुम्ला सिँजामा विगत लामो समय देखि कान सम्बन्धि शिविर र दक्ष डाक्टर नपाएका विरामीलाई सेवा दिनु पर्छ । भन्ने उद्येश्यले कानको निशुल्क स्वास्थ्य शिविर राखेको गुड न्यूज़ फर नेपाल जुम्ला अध्यक्ष विरेन्द्र नेपालीले भने ,यो शिविरमा सिँजा गाउँपालिका मात्र कानका विरामी नभएर कनकासुन्दरी र हिमा गाउँपालिकाका कानका विरामीले निशुल्क कानको चेकजाँच , उपचार गर्न पाएका छन् ।

धेरै लामो समय पछि सिँजामा कानको निशुल्क स्वास्थ्य शिविर बसेको हो । यो शिविरबाट कानका विरामीले निकै पाइदा लिएका छन् । अझै उक्त शिविर १ दिने नभएर २ र ३ दिनसम्म भएको भए कानका विरामी र सिँजावासी खुसी हुने देखिन्छ ।

वरिष्ठ कान स्वास्थ्य अधिकृत राम वहादुर बोहोराका अनुसार १ दिने शिविरमा धेरै मात्रामा कानमा फोहोर भएका र कानमा हरेक वस्तु पसेका विरामी भेटिएका छन् । कानको सुरक्षा, सरसफाइमा ध्यान नदिनाले यस्ता विरामी भेटिएका हुन ।

उनले भने , मानव शरिरको सम्वेदन शिल अंग मध्ये कान पनि एक अंग भएकाले कानलाई सुरक्षित राख्न र कानमा जस्तो सुकै समस्या आएमा कानलाई कोट्याउने, तेल हाल्ने, थुक हाल्ने लगायतका घरेलु औषधी उपचार तर्फ नलाग्ने कानमा समस्या देखा परेमा नजिकैको स्वास्थ संस्थामा गएर चेकजाँच गराउनु पर्ने सहल्ला सुझाव बोहोराले दिनु भयो ।

साताकाे चर्चित
सम्बन्धित