राष्ट्रपति समक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
राष्ट्रपति समक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
    • बेल संचार

    • ७ मंसिर २०८१, शुक्रबार

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा तीन देशका आवासीयर गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्युजिल्याण्डका गैरआवासीय राजदूत  पैट्रिक जोन राटा रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी  दिइन् ।

समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायतको उपस्थिति रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित