काठमाडौँ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–२ बाट प्रहरीले पाटे बाघको छाला कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ गोलाखर्क घर भएका ४१ वर्षीय विष्णुप्रसाद भट्टराई छन् ।
शिवराज नगरपालिका स्थित करुणा रेस्टुरेन्ट एन्ड लजबाट उनलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट प्रहरीले एक थान पाटे बाघको छाला बरामद गरेको छ ।
पाटे बाघको छालाको लम्बाई ६ फिट छ । आरोपीलाई प्रहरीले कानुनी कारवाहीका लागी डिभिजन वन कार्यालय चन्द्रौटामा पठाएको छ ।