काठमाडौँ ।
आज ४१ स्थानीय तहमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको बताइन् ।