काठमाडौं
खेलकुद क्षेत्रमा व्यवसायिकता प्रवर्द्धन गर्न र खेलप्रेमी युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्यसहित एलिसन स्पोर्टस् प्रा.लि.ले महत्वपूर्ण कदम चालेको छ।
विगत लामो समयदेखि खेलकुद क्षेत्रका संघ संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका उर्जाशील युवाहरूको नेतृत्वमा सञ्चालित यस संस्थाले महिलाहरूको फुटबल र फुटसल खेलप्रतिको लगावलाई व्यवसायिक खेलतर्फ मोड्ने उद्देश्यले “प्रथम खुल्ला महिला फुटसल च्याम्पियनसिप–२०८१” आयोजना गर्ने तयारी गरिरहेको छ।
कार्यक्रम २०८१ साल पौष २९ गते सोमबारका दिन रोयल नेपाल फुटसल, पेप्सीकोला टाउनप्लानिङमा बिहान ८ः०० बजे सुरु हुनेछ।
कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाले सबै पक्षसँग सहयोग र उपस्थितिका लागि अपिल गरेको छ।
खेलकुदलाई प्रोत्साहन गर्दै महिलाहरूको सहभागिता र उद्यमशीलतालाई अघि बढाउन यस च्याम्पियनसिपले उल्लेखनीय भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
यो कार्यक्रमले महिला फुटबलको स्तरलाई मात्र होइन, नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमा युवापुस्तामा फुटबल र फुटसलप्रतिको मोह दिनप्रतिदिन बढ्दै गएको छ। केही युवाहरूले यी खेललाई स्वास्थ्य लाभ र मनोरञ्जनका लागि खेलिरहेका छन् भने केहीले यसलाई आफ्नो व्यवसायिक करियर बनाउने सपना देखिरहेका छन्। यसै सन्दर्भमा, एलिसन स्पोर्टस् प्रा.लि.ले खेललाई व्यवसायिकता र प्रतिस्पर्धी स्तरमा अघि बढाउने उद्देश्यले “प्रथम खुल्ला महिला फुटसल च्याम्पियनसिप–२०८१” आयोजना गर्ने तयारी गरेको छ।
युवाहरूको क्षमता विकासका लागि प्रतियोगिता एउटा अत्यन्त प्रभावकारी उपकरण हो। यसले खेलाडिहरूलाई आफ्नो सीप प्रदर्शन गर्न, खेलप्रतिको लगाव बढाउन र प्रतिस्पर्धात्मक मानसिकता विकास गर्न मद्दत गर्दछ। प्रतियोगिताबाट मात्र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू उत्पादन गर्न सम्भव छ।
खेल क्षेत्रको व्यवसायिक विकासका लागि प्रशिक्षण मात्र पर्याप्त हुँदैन; खेलाडिहरूले प्रतिस्पर्धात्मक खेलको अनुभव पाउनु पनि अत्यावश्यक छ। यसै आवश्यकता पूर्ति गर्न एलिसन स्पोर्टस् प्रा.लि.ले महिला खेलाडिहरूलाई विशेष अवसर प्रदान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न तयार पार्ने योजना अघि सारेको छ।
“प्रथम खुल्ला महिला फुटसल च्याम्पियनसिप–२०८१” का माध्यमबाट नेपाली महिला खेलाडीहरूको फुटसल खेलप्रतिको मोहलाई व्यवसायिक खेलतर्फ उन्मुख गराउँदै उत्कृष्ट खेलाडीहरूको पहिचान गर्ने लक्ष्य राखिएको छ। यो प्रतियोगिता २०८१ साल पौष २९ गते, सोमबार रोयल नेपाल फुटसल, पेप्सीकोला टाउनप्लानिङमा बिहान ८ः०० बजे सुरु हुनेछ।
एलिसन स्पोर्टस् प्रा.लि. का अध्यक्ष सगुन थापा मगरले खेलकुद क्षेत्रलाई माथि उठाउन र महिला खेलाडीहरूको भविष्य उज्यालो बनाउन यो प्रतियोगिताले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्। साथै, उनले कार्यक्रमलाई सफल बनाउन सबै पक्षसँग सहकार्यको अपेक्षा गरेका छन्।