रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप
    • बेल संचार

    • २३ मंसिर २०८१, आईतवार

 पोखरा ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार आइतबार रविलाई थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई  ४ दिनको म्याद दिइएका हो ।

प्रहरीले भने १३ दिनको म्याद माग गरेको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । यहीबीचमा उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पर्सामा बयानको लागि लैजाने तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित