२० अर्ब डलर सहयोग दियो अमेरिकाले युक्रेनलाई
२० अर्ब डलर सहयोग दियो अमेरिकाले युक्रेनलाई
    • बेल संचार

    • २६ मंसिर २०८१, बुधबार

काठमाडौं

अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको बीबीसीको समाचारमा उल्लेख छ । यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने बताए ।

उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका थिए ।

ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए । ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि युक्रेनलाई आर्थिक सहायता दिने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ ।

साताकाे चर्चित
सम्बन्धित