विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य
विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य
    • बेल संचार

    • २७ मंसिर २०८१, बिहीबार

काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको हो ।

पोखराका लागि स्टक एडवार्डले ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए ।

बलिङमा पोखराका सागर ढकाल र राइफरले २-२ विकेट लिए ।

एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार/चार खेल खेल्दा एक/एक खेलमा मात्र जीत निकाल्न सकेका छन् ।

पोखरा सातौं र विराटनगर आठौं स्थानमा छ ।

साताकाे चर्चित
सम्बन्धित