जुम्ला
मंसिर २८ गते देशभर आयोजित पत्रकारहरूको चुनावमा जुम्ला शाखा कार्यसमितिका विभिन्न १४ पदका लागि भएको मतदानमा सदस्य पदका उम्मेदवार मोहन विक्रम शाहीले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।
अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ६ खुला सदस्य पदका लागि भएको मतदानमा कुल ५३ मत खस्दा शाहीले ३१ मत प्राप्त गरेका थिए। अध्यक्षले २८ मत, अन्य पदाधिकारीहरूले बढीमा २९ मत प्राप्त गर्दा शाहीले ३१ मत प्राप्त गरेका हुन्।
लामो समयदेखि राष्ट्रिय स्तरका टेलिभिजन, पत्रिका, र सिंजामा रेडियो सञ्चालन गर्दै आएका मोहन विक्रम शाही सबै पत्रकारहरूमाझ परिचित छन्। उनी नेपाल प्रेस युनियनतर्फबाट खुला सदस्य पदका लागि उम्मेदवार बनेका थिए।
निर्वाचित पदाधिकारीहरूको सूची: