गाजामा युद्धविराम वार्ता अन्तिम चरणमा
गाजामा युद्धविराम वार्ता अन्तिम चरणमा
    • बेल संचार

    • ३ पुष २०८१, बुधबार

काठमाडाैं ।

महिनौंको गतिरोधपछि गाजामा इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ संकेतहरू देखिएका छन् ।

अप्रत्यक्ष वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले वार्ता ‘अन्तिम र निर्णायक चरणमा’ रहेको बताए।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सम्झौता पहिलेभन्दा धेरै नजिक भएको बताएको बीबीसीले जनाएको छ ।

पछिल्ला सातामा अमेरिका, कतार र इजिप्टले मध्यस्थताको प्रयास पुनः शुरू गरेका थिए । इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहामा रहेको छ ।

प्यालेस्टिनी अधिकारीले यो तीन चरणको योजनामा ​​गाजामा बन्धक बनाएका सर्वसाधारण र महिला सैनिकलाई पहिलो ४५ दिनमा रिहा गरिने बताएका छन् ।

दोस्रो चरणमा, बाँकी बन्धकहरूलाई रिहा गरिनेछ र सैनिकहरूलाई हटाइने उल्लेख छ । अन्ततः तेस्रो चरणमा युद्ध रोकिनेछ ।

साताकाे चर्चित
सम्बन्धित