अर्जुनधारा र तोनो सिटी बीच मित्रता सुदृढ: भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर”
अर्जुनधारा र तोनो सिटी बीच मित्रता सुदृढ: भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर”
    • बेल संचार

    • ५ पुष २०८१, शुक्रबार

झापा ।

अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी बीच भगिनी सम्बन्ध स्थापना गर्नको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमका क्रममा, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र तोनो सिटीका मेयर काजुहिको ताडाले दुवै बीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरे।

यस समझदारीपत्र अनुसार, कृषि र स्वास्थ्य क्षेत्रमा सहकार्य गरी दुवै स्थानको विकासमा योगदान पुर्याउने योजनाहरू तय गरिएको छ। नगरप्रमुख गोम्देनले जानकारी दिएका अनुसार, जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली अर्जुनधारा भ्रमणमा आएको थियो र यहाँको विपद् केन्द्र र कृषि बजारको स्थलगत अवलोकन पनि गरेको थियो।

यस भ्रमणमा जापानका मेयर ताडासहित विभिन्न उच्च पदाधिकारीहरू सहभागी थिए, जसमध्ये डाइरेक्टर अफ इन्डष्ट्री डिपार्टमेन्ट मानमी सासाकी, इन्डष्ट्री प्लानिङ डिभिजन चिफ यासुहिको कुराउची, सिटी काउन्सिलका चेरमेन तसुतोमु ताडा र अन्य सदस्यहरू सामेल थिए। उनलाई नगर परिसरमा नौमती बाजासहित गर्मजोशीपूर्वक स्वागत गरिएको थियो।

यो भगिनी सम्बन्धले अर्जुनधारा र तोनो सिटी बीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न र भविष्यमा साझा परियोजनाहरूलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित