नेपाल वायुसेवा निगमको जहाजमा अचेत भेटिएका यात्रुको अस्पतालमा निधन
नेपाल वायुसेवा निगमको जहाजमा अचेत भेटिएका यात्रुको अस्पतालमा निधन
    • बेल संचार

    • ७ पुष २०८१, आईतवार

काठमाडौं ।

नेपाल वायुसेवा निगमको जहाजमार्फत हङकङबाट काठमाडौं आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषित गरिएको छ।

निगमको आरए ४१० उडानबाट आएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बुलाई जहाजभित्रै अचेत अवस्थामा भेटिएपछि एयरलाइन्सका कर्मचारीले विमानस्थलमै रहेका उनका आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

‘उहाँलाई जहाजभित्र अचेत अवस्थामा भेटिएको थियो, र उहाँका आफन्तहरू उहाँलाई रिसिभ गर्न विमानस्थलमै उपस्थित हुनुहुन्थ्यो,’ पौडेलले भने। त्यसपछि देउमानलाई नजिकैको केएमसी अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

प्रवक्ता पौडेलका अनुसार, जहाजमै अचेत अवस्थामा रहेका कारण देउमानलाई विमानस्थलको आकस्मिक सेवासम्बन्धी जिम्मा लिने केएमसी अस्पतालमा पठाइएको थियो। निधनको कारणबारे थप विवरण भने अहिलेसम्म उपलब्ध छैन।

साताकाे चर्चित
सम्बन्धित