काठमाडौँ ।
प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सोमबारका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ।
समितिको पछिल्लो बैठक भदौ ९ गते बसेको थियो। उक्त बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयलाई लिएर चर्काचर्की परेको थियो।
समिति सभापति ऋषिकेश पोखरेलले घिसिङलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएको भन्दै सांसदहरूले तीव्र असहमति जनाएका थिए।
त्यसपछि लामो समयसम्म बैठक बस्न सकेको थिएन। एक समिति सदस्यका अनुसार बैठक लामो समय स्थगित भएकोप्रति असन्तोष व्यक्त भएपछि सोमबारका लागि बैठक बोलाइएको हो।
“विषय महालेखा परीक्षकको प्रतिवेदन हुन सक्छ। त्यसमाथि सांसदहरूले अन्य एजेन्डा पनि पक्कै उठाउनुहुनेछ,” ती सदस्यले बताए।