काठमाडौँ ।
मन्त्रिपरिषद्को पुस ५ गतेको निर्णयअनुसार दुई जना प्रहरी नायब महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा र गृहसचिवस्तरको निर्णयअनुसार पाँच जना प्राविधिक प्रहरी नायब उपरीक्षकलाई प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति गरिएका सात जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन्।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यस विषयमा केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने अधिकृतहरूमा:
प्रहरी अतिरिक्त महानिरीक्षक
समारोहमा प्रहरी संगठनका उच्च अधिकारीहरू, निमन्त्रित पाहुनाहरू, र परिवारजनको उपस्थिति रहेको थियो। यस पदोन्नतिलाई प्रहरी सेवामा योगदान पुर्याउने महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ।