झन्डै २९ अंकले बढ्यो सेयर बजार
झन्डै २९ अंकले बढ्यो सेयर बजार
    • बेल संचार

    • ८ पुष २०८१, सोमबार

OLYMPUS DIGITAL CAMERA

काठमाडौं ।

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा पुगेर रोकिएको छ। सोमबार बजार १.११ प्रतिशतले वृद्धि भएको हो।

आइतबार अन्य उपसूचक घटे तापनि जलविद्युत् क्षेत्रको मूल्य बढेको थियो, र यो ट्रेन्ड सोमबार पनि निरन्तर रह्यो। सोमबार म्युचअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि देखिएको छ, र सबैभन्दा बढी वृद्धि जलविद्युत्, उत्पादन र प्रशोधन क्षेत्रको मूल्यमा भएको छ। जलविद्युत् क्षेत्रको मूल्य २.६५ प्रतिशतले बढेको छ।

दिनभरि उतारचढाव देखिएको बजार अन्तिममा उचालिएको हो। सोमबार कुल ३२८ धितोपत्रको ५५,९३८ कारोबारबाट ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच भएको छ। यस दिन ४ अर्ब ४३ करोड २४ लाख ६ सय ३ रुपैयाँ बराबर कारोबार भएको छ।

सोमबार तीन धितोपत्रको कारोबारमा सकारात्मक सर्किट लागे र अन्य धितोपत्रको पनि सर्किट लेभलमा कारोबार भएको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सुपर मादी हाइड्रोको मूल्य १० प्रतिशत र बाराही हाइड्रो पावरको मूल्य ९.९ प्रतिशतले बढेको छ।

साताकाे चर्चित
सम्बन्धित