काठमाडाैं ।
सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक वडा अध्यक्ष पक्राउ परेका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको उनले बताए ।