जाडो याममा भक्का बिक्री: महिलाहरूका लागि आम्दानीको राम्रो स्रोत
जाडो याममा भक्का बिक्री: महिलाहरूका लागि आम्दानीको राम्रो स्रोत
    • बेल संचार

    • १० पुष २०८१, बुधबार

सुनसरी ।

जाडो याम सुरु भएसँगै धरानका महिलाहरूले भक्का बिक्री गर्न थालेका छन्, जसले उनीहरूको घरखर्च जुटाउनमा ठूलो मद्दत पुर्‍याएको छ।

धरान उपमहानगर–१० का दिया राजधामीले चार वर्षदेखि भक्का बिक्री गर्दै आएकी छिन्। कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने उनले दैनिक रु ३,५०० सम्म आम्दानी गर्ने बताइन्। उनले भक्का प्रतिगोटा रु २० मा बिक्री गर्छिन् र दैनिक सात केजी चामलको पिठो प्रयोग गर्छिन्।

धरान उपमहानगर–१७ का जितेन्द्र राई पनि भक्का स्वास्थ्यको दृष्टिले राम्रो र विहानको खाजाको रूपमा उपयुक्त हुने भन्दै मर्निङ वाकमा भक्का खाने गरेका छन्।

धरान उपमहानगर–१३ की विनिता राजधामीले आठ वर्षदेखि भक्का बेच्दै आएकी छन्। उनले भक्का र आलुचपको बिक्री गरेर राम्रो आम्दानी गर्न थालेको बताइन्। उनले भक्का बनाउने लागि दाउराको प्रयोग हुने र दाउरा प्रति भारी रु २०० पर्ने जानकारी दिइन्।

धरान उपमहानगर–१५ की सिमा राजधामी पनि भक्का बिक्रीबाट राम्रो आम्दानी हुने गरेको अनुभव साझा गर्दै, भक्का व्यापारलाई जाडो यामको उत्कृष्ट कमाई स्रोतका रूपमा देख्छिन्।

यो नयाँ व्यापारले जाडोमा महिलाहरूको लागि घरखर्च जुटाउन सहज र लाभदायक विकल्प बनेको छ।

साताकाे चर्चित
सम्बन्धित