इलामको शाकाहारी गाउँ: माङ्सेबुङमा मासु र मदिरा निषेध
इलामको शाकाहारी गाउँ: माङ्सेबुङमा मासु र मदिरा निषेध
    • बेल संचार

    • १० पुष २०८१, बुधबार

मङ्गलवारे ।

इलामको माङ्सेबुङ गाउँमा मासु र मदिरा सेवन निषेध गरिएको छ। यहाँका स्थानीयहरूले शाकाहारी भोजनलाई प्राथमिकता दिन्छन् र मदिरा, चुरोट, बिडी, खैनी सेवनलाई प्रतिबन्धित गरेका छन्। यस गाउँको विशेषता भनेको यो कानूनी बाध्यता नभई स्थानीय समुदायको स्वतः पालन गर्ने संस्कृति हो।

माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा अवस्थित सो गाउँका १,५०० परिवारहरूले बाहिर जाँदा समेत निषेधित वस्तुहरूको सेवन नगर्ने बताएका छन्। यहाँका स्थानीय अनुसार, किरात धर्मलाई मान्ने कारण मासु र मदिरा सेवन नहुनु अनिवार्य छ। सो धर्मको मान्यताअनुसार हत्या, हिंसा र फटाई नगर्नु पर्छ र यसका कारण मासु र मदिरा निषेधित गरिएको छ।

गाउँको प्रवेशद्वारमा यस विषयमा सूचना बोर्ड राखिएको छ र २०७२ सालमा शाकाहारी गाउँको रूपमा घोषणा गरिएको थियो। माङ्सेबुङको नाम किरात धर्म र संस्कृति सँग जोडिएको छ, जसका अनुयायीहरूले शाकाहारी आहारको पालन गर्दै मदिरा र चुरोट पनि सेवन गर्दैनन्।

गाउँमा जथाभावी फोहोर गर्न नपाइने, सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि निषेध गरिएको छ। यहाँका धर्मगुरु आत्मानन्द लिङ्देनको कर्म थलो पनि यहीं रहेको छ र धेरै उच्च पदस्थ व्यक्तिहरू यहाँ आशीर्वाद लिन आउने गर्दछन्।

साताकाे चर्चित
सम्बन्धित