काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, पुस १८ गते, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएको छ।
बैठकमा आगामी पुस २१ गते आयोजना हुने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न स्थायी कमिटीको बैठक आजदेखि पुस २० गतेसम्म चल्नेछ।
यसअघि, माओवादी केन्द्रले पुस २ गतेदेखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो। तर, तयारी नपुगेका कारण बैठक पुस २१ गतेसम्मका लागि सारिएको हो।