‘एक घर एक धारा’ अवधारणालाई साकार गर्न खानेपानी मन्त्री यादवको प्रतिबद्धता
‘एक घर एक धारा’ अवधारणालाई साकार गर्न खानेपानी मन्त्री यादवको प्रतिबद्धता
    • बेल संचार

    • २४ पुष २०८१, बुधबार

धनगढी ।

खानेपानी मन्त्री प्रदीप यादवले देशका सबै नागरिकलाई शुद्ध पेयजलको पहुँच पुर्याउन सरकार क्रियाशील रहेको बताएका छन्। सुदूरपश्चिमका खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको उनले जानकारी दिए।

आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आयोजित कार्यक्रममा मन्त्री यादवले सुदूरपश्चिमका खानेपानी समस्याबारे जानकारी लिन कैलाली पुगेको बताएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले शुद्ध खानेपानीको पहुँचमा पुर्याउन उच्च प्राथमिकता दिइरहेको र यसमा काम भइरहेको उल्लेख गरे।

“एक घर एक धारा”को अवधारणालाई साकार पार्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उनले चुरे दोहन र जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले चुरे दोहन गर्नेलाई कडा कारबाही गर्नुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत अधिकारीहरूको उपस्थिति थियो।

साताकाे चर्चित
सम्बन्धित