बागलुङमा ४ मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण शुरु, २० प्रतिशत काम सम्पन्न
बागलुङमा ४ मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण शुरु, २० प्रतिशत काम सम्पन्न
    • बेल संचार

    • २८ पुष २०८१, आईतवार

बागलुङ ।

बागलुङको ताराखोला क्षेत्रको घुस्मेलीबाट पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले ४ मेघावाटको ‘मध्य दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ। यस हाइड्रोपावर आयोजना अन्तर्गत घुस्मेलीबाट दुई हजार दुई सय मिटर लामो फलामको टनलेमार्फत पानी ल्याई गाईघाट झरनामा विद्युत्गृह निर्माण गरिनेछ।

ह्वाइट गोल्ड इनर्जीका अध्यक्ष हेमबहादुर खत्रीका अनुसार, २०७९ सालबाट सुरु भएको यो आयोजना हालसम्म २० प्रतिशत सम्पन्न भएको छ। यस आयोजना मा इनर्जीको ६० प्रतिशत र फरेन इन्भेष्टमेन्टको ४० प्रतिशत लगानी रहेको छ। हाइड्रोपावर निर्माण सम्पन्न भएपछि, विद्युत् उत्पादनलाई केन्द्रीय प्रसारण लाइनको हरिचौर सबस्टेशनमा जोड्ने योजना रहेको छ। यस आयोजनाको लागत रु ७५ करोड राखिएको छ, र आगामी दुई वर्षमा यो आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ।

अध्यक्ष खत्रीले भने, “हामीले स्वदेशी लगानी गरी देशको अर्थतन्त्र सुधार गर्न र युवालाई रोजगारी दिनका लागि यो हाइड्रोपावर आयोजना निर्माण थालेका हौँ। यसबाट धेरैलाई रोजगारीको अवसर मिलेको छ।”

साताकाे चर्चित
सम्बन्धित