रवि लामिछानेको बयान सकिएपछि स्वर्णलक्ष्मी सहकारी ठगीमुद्धामा थुनछेक बहस सुरु
रवि लामिछानेको बयान सकिएपछि स्वर्णलक्ष्मी सहकारी ठगीमुद्धामा थुनछेक बहस सुरु
    • बेल संचार

    • २८ पुष २०८१, आईतवार

काठमाडौं ।

स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज उनकाे बयान भई हाल थुनछेक बहस सुरु हुने बताइएको छ।

थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयले पहिले बहस गर्नेछ र त्यसपछि लामिछाने पक्षका वकिल र जाहेरवाला पक्षका वकिलहरूले पनि बहस गर्नेछन्। यसपछि सरकारी पक्षले जवाफी बहस गर्नेछ। यदि आज थुनछेक बहस पूरा हुन सकेन भने, न्यायाधीशले लामिछानेलाई थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने आदेश दिनेछन्।

कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने आज स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। यसअघि, कास्की जिल्ला अदालतले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनी रुपमा पाँच करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ गएको भन्ने प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले रवि लामिछानेविरुद्ध बिगोको माग गर्दै मुद्दा दायर गरेको हो।

साथै, लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि ठगीसम्बन्धी मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको छ।

साताकाे चर्चित
सम्बन्धित