शुक्लाफाँटा विस्थापितहरूको समस्या समाधानमा आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो
शुक्लाफाँटा विस्थापितहरूको समस्या समाधानमा आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो
    • बेल संचार

    • २८ पुष २०८१, आईतवार

काठमाडौँ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष जयानन्द पनेरुले आज मन्त्रालयमा उक्त प्रतिवेदन मन्त्री शाहीलाई बुझाएका हुन्।

यस आयोगको गठन सरकारको मन्त्रिपरिषद्स्तरीय निर्णयबाट गत असोज २ गते गरिएको थियो, जसमा तीन महिनाको कार्यावधि तोकिएको थियो। आयोगका सदस्यमा उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरु, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मणबहादुर कठायत, नापी कार्यालय कञ्चनपुरका प्रमुख किशनसिंह विष्ट, र डिभिजन वन कार्यालय कञ्चनपुरका रामविचरी ठाकुर रहेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साह आयोगका सदस्य-सचिव हुन्।

आयोगले गत असोज ७ गतेदेखि आफ्नो काम सुरु गरेको थियो र तोकिएको समयमा रायसहितको प्रतिवेदन तयार गरी आज मन्त्री शाहीलाई पेस गरेको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित