रवि लामिछानेलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने आदेश
रवि लामिछानेलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने आदेश
    • बेल संचार

    • २८ पुष २०८१, आईतवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको आदेश अनुसार प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ। प्रहरी स्रोतका अनुसार लामिछानेलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरमा राखिनेछ र सोमबार पुनः अदालतमा पेस गरिनेछ।

लामिछाने विरुद्ध कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको थियो। उनले आइतबार अदालतमा बयान दिएका थिए।

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख यज्ञमणी न्यौपानेका अनुसार थुनछेक बहस आज नभएपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मामा राख्ने आदेश दिएका हुन्। उनीहरूले रविलाई परिवार वा सरकारी वकिलको जिम्मामा छाड्नको लागि आग्रह गरेका थिए, तर न्यायाधीशले प्रहरीकै जिम्मा दिनुपर्ने निर्णय गरेका थिए। थुनछेक बहस भोलि बिहान ११ बजे सुरु हुने छ।

साताकाे चर्चित
सम्बन्धित