काठमाडौं ।
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको छ। उनी आइतबार राति १२:१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएका हुन्।
शेर्पा कलेजोसम्बन्धी समस्याबाट पीडित थिए र एक सातादेखि उपचारमा थिए।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो, र उपचारकै क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे।
शेर्पा सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका स्थायी बासिन्दा थिए। उनले दुई छोरा र तीन छोरीलाई बाच्न सकेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा संलग्न उनी चौंरीखर्कको पूर्व गाविस अध्यक्ष पनि थिए।
केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय फोटोग्राफी संस्थासँग आबद्ध थिए।