माओवादी पदाधिकारी बैठक, माघ २ गते बस्ने
माओवादी पदाधिकारी बैठक, माघ २ गते बस्ने
    • बेल संचार

    • २९ पुष २०८१, सोमबार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको सोमबार तय भएको पदाधिकारी बैठक विविध कारणले बुधबार (माघ २) मा सर्‍यो ।

सचिव देवेन्द्र पौडेलले बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने जानकारी दिए।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिने विषयमा कुनै निर्णय नहुने पौडेलले स्पष्ट पारे।

पासाङ पार्टीका पदाधिकारी, स्थायी समिति, र केन्द्रीय समिति बैठकमा सहभागी भए पनि कुनै विशेष निर्णय नभएको उल्लेख छ।

केन्द्रीय समिति बैठकमा पासाङको सक्रियतामाथि आलोचना भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङ आफ्नै चाहनामा बैठकमा सहभागी भएको स्पष्टीकरण दिनुपरेको थियो।

साताकाे चर्चित
सम्बन्धित