रुस-युक्रेन युद्धमा फसेका नेपालीलाई फिर्ता गर्न सरकारको पहल
रुस-युक्रेन युद्धमा फसेका नेपालीलाई फिर्ता गर्न सरकारको पहल
    • बेल संचार

    • २९ पुष २०८१, सोमबार

काठमाडौं ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस-युक्रेन युद्धमा फसेका नेपालीहरूलाई सकुशल फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल गरिरहेको बताएकी छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा उनले नेपालीहरूको सुरक्षाका लागि युक्रेन सरकारसँग पत्राचार गरिएको जानकारी दिइन्।

युक्रेनमा बन्दी बनाइएका नेपालीहरूको रिहाइका लागि युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबालाई कूटनीतिक पत्र पठाइएको मन्त्री राणाले बताइन्।

हालसम्म पाँच जना नेपाली युक्रेनको नियन्त्रणमा रहेको पुष्टि भएको छ। ती बन्दीहरूमा काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, बर्दियाका विवेक खत्री, र रोल्पाका प्रतीक पुन रहेका छन्।

कतिपय नेपालीहरू युद्धमा मारिएको पुष्टि भएको छ। शव प्राप्त नहुँदा उनीहरूका आफन्तले कुशको प्रतीक बनाएर अन्तिम संस्कार गरेका छन्।

युद्धमा फसेका नेपालीहरूको उद्धार र मृतकका परिवारलाई सहयोग गर्न सरकार सक्रिय रहेको मन्त्री राणाले उल्लेख गरिन्।

साताकाे चर्चित
सम्बन्धित